Logo

अब द्वन्द्व पीडितले न्याय पाउँछन् भन्ने पनि केही रहेन : भीमार्जुन आचार्य



काठमाडौं, २९ माघ । संविधानविद् डा. भीमार्जुन आचार्यले सरकारले भोलि जनयुद्ध दिवसको अवसरमा दिएको सार्वजनिक विदाको विरोध गरेका छन् । उनले उक्त निर्णयलाई कार्यकारी शक्तिको अधिक दुरूपयोगको संज्ञा दिएका छन् ।

उनले फेशबुकमा लेखेका छन्-

यो त कार्यकारी शक्तिको अधिक दुरूपयोग (excessive abuse) र स्वेच्छाचारी (arbitrary) काम भयो। सशस्त्र द्वन्द्व एउटा सभ्य समाज र कानूनी राज्यमा कहिल्यै दिवस हुन सक्दैन । अब द्वन्द्व पीडितले न्याय पाउछन भन्ने पनि केही रहेन । यतिबेला सत्ता गठबन्धनका अरू घटकहरू कहॅंा छन, त्यो जान्न मन लाग्यो ! एउटा नेपालीले अर्को नेपाली विरूद्द गरेको लडाइलाई दिवस मानी सार्वजनिक बिदा दिने यो सरकारले हामीलाई एकतामा बाध्ने दशैं तिहार जस्ता महान चाडको बिदा कटौती गर्न सक्छ, आजैबाट चनाखो बनौं ।



प्रतिक्रिया दिनुहोस्