Logo

करिश्माको उजुरीमा पक्राउ परेका डिल्लीरामलाई अनुसन्धानका लागि चार दिनको म्याद थप



काठमाडौं, ५ फागुन । नायिका करिश्मा मानन्धरको चरित्रहत्या गरेको आरोपमा पक्राउ परेका डिल्लीराम खनाललाई अनुसन्धानका लागि चार दिनको म्याद थप गरिएको छ ।

खनालले मानन्धरको नाम रवि लामिछानेसँग जोडेर जथाभावी बोलेपछि कारबाहीका लागि साईबर ब्यूरोमा निवेदन दिएकी थिइन् ।

केन्द्रीय साईबर ब्यूरोले खनाललाई पक्राउ गरेको हो । काठमाडौं जिल्ला अदालतले खनाललाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि चार दिनको म्याद थप गरेको हो । उनी आज (शुक्रबार) विहान बानेश्वरबाट पक्राउ परेका थिए ।

 

 

 

 



प्रतिक्रिया दिनुहोस्