Logo

मधानी यज्ञमा उपराष्ट्रपति पुन सहभागी, प्रभु साहले गरे मधेश धार्मिक पर्यटनको कुरा (भिडिओसहित)



काठमाडौं, ५ फागुन । उपराष्ट्रपति नन्दबहादुर पुनले ‘मधानी’ यज्ञको शुभारम्भ गरेका छन् । महाशिवरात्रि पर्वको उपलक्ष्यमा जिल्लाको मौलापुर नगरपालिकास्थित पतौरको शिव मन्दिरमा आयोजना गरिएको यज्ञको उनले दीप प्रज्ज्वलित गरेर सुरुआत गरेका हुन् ।

उपराष्ट्रपति पुनले पतौर शिव मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्न पहल गर्ने प्रतिबद्धता जनाए। उनले कालरात्रि र शिवरात्रि हिन्दूहरूका महान पर्वका रुपमा रहेको र शिवरात्रिका दिन मधानी यज्ञ हुनु राष्ट्रका लागि शुभ सङ्केत भएको बताए ।

मधेस प्रदेशका प्रदेश प्रमुख हरिशङ्कर मिश्रले बम्ह, विष्णु र महेशश्वर भगवान् जन्म भएको पतौरा मन्दिरमा मधानी यज्ञ भएकामा मौलापुरवासी भाग्यमानी भएको बताए ।

आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले पनि सो क्षेत्रको महत्वको बारेमा प्रकाश पारेका थिए । उनले नेपालको संस्कृति विश्वमै धनी रहेको सुनाए ।

उनले तराई मधेश संस्कृतिको भण्डार रहेको बताउँदै यसलाई पर्यटनको विकासमा जोड्न सकिने बताए । उनले मधेशको धार्मिक पर्यटनलाई बढावा दिन सकिए मधेशको विकास र समृद्धिमा ठूलो योगदान पुग्ने विश्वास दिलाए ।

मधेस प्रदेशका पर्यटन एवं उद्योगमन्त्री सुनिता यादवले मधेसमा रहेका मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्न अध्ययन भइरहेको बताए ।

https://www.facebook.com/PrabhuSahNp/videos/1601072307071527



प्रतिक्रिया दिनुहोस्