Logo

हेराल्ड ईन्टरनेशनल कलेजको आयोजनामा दुई दिने हेराल्ड साईन्स फेयर सुरु (फाटो फिचर)



काठमाडौं, ८ फागुन । हेराल्ड ईन्टरनेशनल कलेजको आयोजनामा दुई दिने हेराल्ड साईन्स फेयर सुरु भएको छ ।

सोमबार काठमाडौँको बसुन्धरास्थित कलेज परिसरमै सुरु भएको उक्त साईन्स फेयरको पुर्व शिक्षामन्त्री शिशिर खनालले उद्घाटन गरेका हुन् ।

प्रदर्शनीमा विद्यार्थीहरुद्धारा नै तयार पारिएका साईन्सका वस्तुहरु प्रदर्शनका लागी राखिएका छन् । प्रदर्शनी अवलोकनका लागी विभिन्न स्कुल तथा कलेजबाट विद्यार्थी एवम् शिक्षकहरु आउने गरेका छन् ।

आज उद्घाटन गरिएको शो प्रदर्शनी फागुन ९ गते सम्म चल्नेछ ।

             तस्बिरः दिनेश चौधरी, रिपोर्टर्स नेपाल डटकम

 



प्रतिक्रिया दिनुहोस्