Logo

यस्तो छ आजको विनिमयदर



काठमाडौं, फागुन ११ । नेपाल राष्ट्र बैँकले बिहीबारको लागि विदेशी विनिमय दर तोकेको छ । अमेरिकी डलरको १० पैसाले वृद्धि भएको छ ।

बिहीबार यसको खरिद मूल्य १३२ रुपैयाँ २७ पैसा र बिक्री मूल्य १३२ रुपैयाँ ८७ पैसा तोकिएको छ । यसअघि बुधबार अमेरिकी डलरको खरिद मूल्य १३२ रुपैयाँ १७ पैसा र बिक्री मूल्य १३२ रुपैयाँ ७७ पैसामा कारोबार भएको थियो ।

बिहीबार युरोपियन युरोमा एकको खरिददर १४० रुपैयाँ ६३ पैसा र बिक्रीमा १४१ रुपैयाँ २७ पैसा तोकिएको छ । त्यस्तै, पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १५९ रुपैयाँ ८५ पैसा र बिक्रीमा १६० रुपैयाँ ५७ पैसा पाइन्छ ।

अष्ट्रेलियन डलर को खरिद मूल्य ९० रुपैयाँ २३ पैसा र बिक्रीमूल्य ९० रुपैयाँ ६४ पैसामा कारोबार भइरहेको छ । अघिल्लो दिन यसको खरिदमूल्य ९० रुपैयाँ ९९ पैसा र बिक्री मूल्य ९१ रुपैयाँ ४१ पैसा तोकिएको थियो ।

त्यस्तै, बिहीबार साउदी अरेवियन रियालको खरिददर ३५ रुपैयाँ २६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ४२ पैसा तोकिएको छ । यता, कतारी रियालको खरिदमा ३६ रुपैयाँ २४ पैसा र बिक्रीमा ३६ रुपैयाँ ४० पैसा पाईन्छ ।



प्रतिक्रिया दिनुहोस्