Logo

राष्ट्रपति नपाए एक वर्ष सरकारको नेतृत्व गर्न माधव नेपाल तयार, उपराष्ट्रपति जसपालाई दिने सहमति



काठमाडौं, १२ फागुन । बालुवाटारमा बसेको चार दलका बैठकमा राष्ट्रपतिको उम्मेदवार तय गर्नेबारे छलफल भएको छ । सो छलफलमा राष्ट्रपतिमा नेपाली कांग्रेसले दाबी गरेको छ । तर, माओवादी केन्द्र, जसपा र नेकपा (एकीकृत समाजवादी) ले भने माधवकुमार नेपाललाई राष्ट्रपतिमा अघि सार्ने अडान लिएका छन् ।

कांग्रेस नेताहरुले भने राष्ट्रपतिमा आफ्नो दलको उम्मेदवारलाई सहयोग गरे माधव नेपाललाई पाँच वर्षको संसद्को कार्यकालको अवधिमा एक वर्ष सरकारको नेतृत्व गर्न दिने प्रस्ताव राखेका छन् । माधव नेपालपनि पाए राष्ट्रपति लिने नभए एक वर्ष भएपनि सरकारको नेतृत्व गर्न पाउनुपर्ने अडानमा छन् । आजको बैठकमा उपराष्ट्रपति भने जसपालाई दिने मोटामोटी सहमति भएको स्रोतको दाबी छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले सुरुवातदेखि नै उपराष्ट्रपतिमा आफ्नो दलको दाबी रहँदै आएको बताउने गरेका छन् । जसपालाई उपराष्ट्रपति दिन माओवादी सकारात्मक छ । बालुवाटारमा आजै साँझ ५ बजे बस्ने बैठकले राष्ट्रपतिको उम्मेदवार टुँगो लगाउने बैठकमा सहभागी कांग्रेसका महामन्त्री गगन थापाले जानकारी दिए । file photo



प्रतिक्रिया दिनुहोस्