काठमाडौं, १२ फागुन । राष्ट्रपति निर्वाचन नजिकिएसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोस्रो पटक एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटेका छन्।
यसअघि प्रधानमन्त्री प्रचण्डलाई भेटेका ओलीले राष्ट्रपतिको बारेमा सहमति हुन नसकेपछि महाराजगन्जमा नेपाललाई भेटेका हुन्।
उनीहरुबीच करिब आधा घण्टा छलफल भएको हो। छलफलमा ओलीले आफ्नो पार्टीको तर्फबाट राष्ट्रपतिको उम्मेदवार बन्न र सरकारमा सहकार्य गर्न आग्रह गरेका थिए।
ओलीले राष्ट्रपतिमा माओवादीले राष्ट्रिय सहमति गर्ने निर्णय गरेसँगै एमालेको उम्मेद्वार राष्ट्रपतिमा निर्वाचित हुन नसक्ने भएको भन्दै समाजवादीका अध्यक्ष नेपाललाई अघि सारेको छन्।
file photo