काठमाडौं, १३ फागुन । नेकपा (एमाले) ले दुर्गा प्रसाईंलाई साधारण सदस्यसमेत नरहनेगरि पार्टीबाट निष्कासन गरेको छ। आज (शनिबार) पार्टी कार्यालय च्यासलमा बसेको सचिवालयको बैठकले प्रसाईंलाई निष्कासन गर्ने निर्णय गरेको हो ।
पार्टीका प्रवक्ता एवं उपमहासचिव पृथ्वीसुब्बा गुरूङले प्रसाईलाई पार्टीबाट निष्कासित गर्ने निर्णय भएको जानकारी दिए । प्रसाईले झापामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई प्रमुख अतिथि बनाएर पूर्व–पश्चिम अभियानको सुरुवात गरेका थिए ।
प्रसाईले भने पार्टीेले कारबाही गर्ने प्रक्रिया थाल्दै गर्दा आँफैले राजीनामा दिएको घोषणा गरेका थिए । अहिले उनले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध कडा कडा टिप्पणी गर्ने गरेका छन् । प्रसाईले ओलीलाई हजुरबुवा भनेर सम्बोधन गर्दथे ।