काठमाडौं, १३ फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिमा सहयोग गर्न आग्रह गरेका छन्।
एमालेले राष्ट्रपतिका लागि सुवाश नेम्वाङको उम्मेद्वारी दर्ता गराएपछि एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई पत्र लेख्दै राष्ट्रपतिमा नेम्वाङको लागि भोट मागेका हुन्।
उनले पत्रमा लेखेका छन्, ‘नेपालको संविधानको मर्म र भावनाअनुरूप माननीय सुवासचन्द्र नेम्वाङ राष्ट्रपति पदलाई अत्यन्त योग्य एवं उपयुक्त उम्मेदवार हुनुहुन्छ। राष्ट्रिय सभा, प्रतिनिधि सभा र प्रदेश सभाका माननीय सदस्यहरू मतदाता हुने यस निर्वाचनमा तपाईंको पार्टीका तर्फबाट सुवासचन्द्र नेम्वाङको पक्षमा मतदानका लागि पूर्ण सहयोग प्राप्त हुने विश्वासका साथ हार्दिक अनुरोध गर्दछु।’