Logo

दल र नेताहरुप्रति जनतामा घृणा उत्पन्न भएको छ : कमल थापा



काठमाडौं, १४ फागुन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सत्ता केन्द्रित फोहरी खेलका कारण मुलुक अस्थिरतातर्फ गएको बताएका छन् । “चुनावअघि एउटा गठबन्धन, चुनावपछि अर्को गठबन्धन, दुई महिनाको बीचमै फेरि अर्को गठबन्धन, यस्तो राजनितीले मुलुकलाई कता लैजान्छ?“ भनी प्रश्न गर्दै थापाले जनतामा बितृष्णा मात्र नभई दल र नेताहरुप्रती घृणा उत्पन्न भएको समेत बताए ।

काठमाडौंमा आज पार्टीसम्बद्ध भातृ संगठनहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै थापाले विकल्पका रुपमा देखिएका राजनितीक दलहरु शक्ति र पैसा केन्द्रित हुँदा जनता बिरक्तिएको टिप्पणी गरेका थिए । राप्रपा नेपालप्रति सकारात्मक धारणाको विकास भैरहेकोमा सन्तोष ब्यक्त गर्दै थापाले जनता र संगठन केन्द्रित हुन भातृ संगठनका पदाधिकारीहरुलाई आग्रह गरे ।

कार्यक्रममा पार्टीका महामन्त्रीद्वय राजाराम बर्तौला र केशबराज श्रेष्ठले जनबर्गिय संगठनको कृयाशिलता र भाबी कार्यक्रम बारे बोलेका थिए । भातृ संगठनका अध्यक्षहरुले आफ्नो–आफ्नो संगठनको कार्ययोजना प्रस्तुत गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्