Logo

लोसपा पनि सरकारमा सहभागी हुने, मन्त्रीमा शरदसिंह भण्डारीको चर्चा



काठमाडौं, १६ फागुन । लोकतान्त्रिक समाजवादी पार्टी पनि सरकारमा सहभागी हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले नै लोसपालाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् । राष्ट्रपतिको निर्वाचनलाई लिएर बनेको आठ दलीय गठबन्धनमा रहेको लोसपाले सरकारमा सहभागिता जनाउनेगरि तयारी थालेको छ ।

अहिले पार्टीको हाइकमाण्डको बैठक बस्ने तय भएको नेताहरुले जनाएका छन् । अध्यक्ष महन्थ ठाकुरले कतिवटा मन्त्रालय लिने र कसलाई सरकारमा पठाउनेबारे तय गर्न बैठक बोलाएको एक नेताले जनाए । अहिले लोसपाबाट सरकारमा सहभागी हुनेबारे शीर्ष नेता शरदसिंह भण्डारीको नाम चर्चामा छ ।

एमालेसहितको गठबन्धनबाट माओवादीलाई अलग गराउन भण्डारीको पनि सकारात्मक भूमिका रहेको भन्दै उनलाई मन्त्री बनाउने चर्चा छ । यद्धपी कसलाई मन्त्री बनाउने भन्नेबारे सो दलले निर्णय लिएको छैन् । file photo



प्रतिक्रिया दिनुहोस्