Logo

ओलीले मागे राष्ट्रपतिका लागि वामदेवसँग भोट



काठमाडौं, १७ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ।

गौतमलाई भेट्न ओली आज गौतमको निवास भैँसेपाटी पुगेका थिए।

भेटमा ओलीले राष्ट्रपति निर्वाचनमा एमालेका उम्मेद्‍वार सुवास नेम्वाङका लागि भोट मागेको र पार्टी एकता गर्नपनि आग्रह गरेको बुझिएको छ।

नेकपा विभाजनपछि ओली पहिलोपटक गौतम निवास पुगेका हुन्।

राष्ट्रपति निर्वाचनमा एमालेले माओवादी र एकीकृत समाजवादीसँग नेम्वाङलाई निर्वाचित गराउन मत मागेका छन्।

राष्ट्रपतिको निर्वाचनलाई लिएर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल एकअर्कादेखि रुष्ट रहेका छनभने माओवादी अध्यक्ष प्रचण्ड र नेता जनार्दन शर्माबीच पनि खटपट देखिएको छ।



प्रतिक्रिया दिनुहोस्