Logo

आज फागुन १८ गते विहिबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल



आज श्री शाके १९४४ बि।स।२०७९ फागुन १८ गते विहिबार इश्वी सन् २०२३ मार्च २ तारिख फागुन शुक्ल पक्ष दशमी तिथी पश्चात एकादशी तिथी आद्र्रा नक्षत्र आयुष्मान योग गर करण चन्द्रमा मिथुन राशिमा आनन्दादी योगमा काण योग नल नाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु (ज्यो. प. सरोज घिमिरे)

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अगाडि सारेका व्यक्तिद्वारा सम्पादित कार्यहरु विफल हुनेछन् । कठिनाइजनक यात्राको योग रहेको छ । आटेका कार्यमा कडा परिश्रम गर्नुपर्नेछ । मित्रजनसँगको अधिक निकटताको कारण भाग्योदयमा बाधा उत्पन्न हुनेछ । तपाईँको मेहेनतको फल अनायासै अरुलाई मिल्ने छ । गरिरहेको काममा सामान्य झन्जट सहनु पर्ला ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
निरन्तर भइरहेका कार्यबाट विशेष लाभ लिन सकिनेछ । अर्काको खुसिको लागी अनावश्यक परिश्रम खर्चिनुपर्नेछ । सोचेको भन्दा बढीमात्रामा खर्च हुनाले मानसिक चिन्ताले सताउन सक्छ । सामान्य चोटपटकको सामना गर्नुपर्ने हुनसक्छ । कार्यसम्पादनमा अरुको दवाबको अनुभव हुन सक्नेछ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
अरुको विश्वास गर्नाले दाम्पत्य जीवनमा खटपट उत्पन्न हुनेछ । अधीक आत्मविश्वासको कारण बन्न लागेका कार्यहरु विफल हुनेछन । मान्यजनको स्वास्थ्यमा नकारात्मक असर देखा पर्नेछ । कार्यसम्पादनमा लगाईएको लगनशीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहनेछ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
टाढाको मित्रसँग अप्रत्यासित मिलन हुनेछ । सामुहिक कार्यमा खर्च हुनाले मनमा प्रशन्नता छाउनेछ । हतारमा गरिएको निर्णयको कारण दाम्पत्य जीवनमा खटपट उत्पन्न हुनेछ । बोल्दा विचार पुर्याउनु होला । प्रतिस्पर्धीहरु कमजोर रहनाले तपार्इँलार्इ कार्यक्षेत्र सहज बन्नेछ । स्वास्थ सम्बन्धि सामान्य असर भोग्नु पर्ला ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
खोज तथा अनुसन्धानमुलक क्षेत्रमा बौदिकताका् खर्च हुनेछ । वाकपटुताको कारण कुरा काट्नेहरु चुप भर्इ प्रशंसा गर्न थाल्नेछन् । पठन पाठन सफल रहनाले बौदिकताको सर्वत्र कदर हुनेछ । प्रतिस्पर्दीहरु कमजोर रहनेछन् । आम्दानी क्षेत्र भने मध्यम रहेको छ । जटिल कार्यहरु सम्पादन गर्न उत्तम समय रहेकोछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
मनमा चञ्चलता बढ्नाले निर्णय लिने क्षमतामा ह्रास आउनेछ । सफल कार्यसम्पादनको लागि कडा परिश्रम गर्नुपरे तापनि कार्य सफलताले मनमा प्रशन्नता छाउनेछ । सामाजिक कार्यका क्षेत्रमा धेरै समय र परीश्रम खर्चिनु पर्नेछ । भौतिक श्रोतसाधनको प्रयोगमा समय ब्यतित् रहला ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । अप्रत्याशीत खबरले मनमा प्रशन्नता छाउनेछ । दुर्घटनापूर्ण यात्राको सम्भावना रहेकोछ । साथीसँग सामिप्यता बढे पनि लाभ भने ग्रहण गर्न सकिनेछैन । नयाँकार्यको थालनिका निम्ति उत्तम समय रहेकोछ । कार्यकुशलताले मान्यजनहरुको मन जित्न सफल रहिनेछ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
मान्यजनको स्वास्थ्यमा नकारात्मक असरले मनमा खिन्नता छाउनेछ । कार्यमा विश्लेषणको अभावले पारिवारिक सम्बन्धमा वैमनश्यता उत्पन्न हुनेछ । अपरिचित ब्यक्तिहरुको विश्वास गर्नाले षड्यन्त्रमा फसिएला, सजग रहनु पर्ने समय रहेको छ । भोजभतेरमा सरिक हुने अवसर प्राप्त हुनेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रतिस्पर्धीहरु कमजोर रहनेछन् । साझेदारी कार्यमा हात नहालेकै बेस हुनेछ । दाम्पत्य सम्बन्धमा सामान्य खटपट आईपर्ला । तपाईको कार्यले अन्य ब्यक्ति हरुलाई मनग्य लाभ दिलाउनेछ । मनमा सामान्य चिन्ताले बास गर्नेछ । स्वास्थमा देखा परेको गढबढीले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न गराउला ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सामान्य क्षती ब्यर्होनु पर्ला । तात्कालीक खर्चका कारण सामान्य आर्थिक अभावको सामना गर्नुपर्ला । नयाँ कार्य थालनीका निम्ति आट र साहशमा कमी आउनेछ । सन्तान सम्बन्धि समस्याले सताउने छ । मेहेनत अनुरुपको फल प्राप्ति नहुनाले दिन निराशपूर्ण ब्यतित् हुनेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
पारिवारिक मेल मीलाप बढेतापनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भावना रहेको छ । स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । कार्य कुशलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । पुरानो लगानी उठाउने राम्रो समय रहेकोछ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
प्रेम सम्बन्धमा सुधार आउनेछ । सामान्य आम्दानी हुने योग रहेको छ । कार्य सम्पादनमा विभिन्न समस्याका कारण ढिलाई रहन सक्छ । सवारी साधनको प्रयोगमा ध्यान दिनु पर्ने समय रहेको छ । कार्यसम्पादनमा भएका सामाय त्रुटिले अपजसको सामना गनुपर्ने सम्भावना रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्