Logo

एमालेमा ‘ग्रास रुट’ अभियान प्राथमिकतामा



काठमाडौं, फागुन १८ । नेकपा (एमाले) ले राष्ट्रपति निर्वाचनलाई भन्दा ‘मिसन ग्रासरुट’ अभियानलाई प्राथमिकतामा राखेको छ। ‘मिसन ग्रास रुट’ अभियानअन्तर्गत सात उपाध्यक्ष र सात सचिवलाई कार्यक्षेत्रमा जिम्मेवारीसहित खटाएर प्राथमितामा राखेको हो।

वर्तमान सरकार निर्माणको बेला पुस १० गते निर्माण भएको पाँच दलीय गठबन्धन भत्किएर आठ दलीय नयाँ गठबन्धन निर्माण भएसँगै एमालेले संगठन निर्माण र सुदृढीकरणलाई अभियानको रूपमा अघि बढाएको हो।

अहिले सुवास नेम्वाङबाहेक सबै उपाध्यक्ष राष्ट्रपति निर्वाचन छाडेर अहिले त्यता व्यस्त भएका छन्। दुई महिने पार्टी सुदृढीकरण तथा विस्तार अभियानअन्तर्गत एमालेको फागुन ५ गतेदेखि ‘मिसन ग्रासरुट’ अभियान सुरु भइसकेको छ। पार्टी अध्यक्ष केपी ओली, उपाध्यक्ष नेम्वाङ र केन्द्रीय कार्यालयमा खटिएका नेताबाहेक सबै सो अभियानमा जुटेका छन्। अध्यक्ष केपी शर्मा ओलीले फागुन ५ गते सात प्रदेश र विशेष प्रदेशमा आयोजना हुने अभिमुखीकरण कार्यक्रमलाई भर्चुअल सम्बोधन गरेपछि अभियान सुरु गरेका थिए।

अभियानअन्तर्गत पार्टी केन्द्रीय कमिटी सदस्यहरू पालिका तहमा दुई महिनाका लागि खटिएका छन्। एमालेले एक केन्द्रीय सदस्यलाई ३ वटा पालिकाको जिम्मेवारी दिएको छ। जसअन्तर्गत उनीहरूलाई ११ वटा कार्यादेश तोकिएको छ। अभियानको अनुगमन र संयोजनका लागि पार्टीका उपाध्यक्षदेखि स्थायी कमिटीसम्मका नेताहरू खटिएका छन्। एमालेले उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्