काठमाडौं, १८ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रसकै वरिष्ठ नेता रामचन्द्र पौडेललाई केही दिएन केही दिएन भन्थे अब राष्ट्रपति दिएको बताएका छन्।
बिहीबार राष्ट्रपति चुनावका लागि संघीय सांसदहरूलाई ८ दलले दिएको प्रशिक्षणमा बोल्दै देउवाले रामचन्द्रलाई केही दिएन केही दिएन भन्थे अब राष्ट्रपति दिएको बताएका हुन्।
उनले भने, ‘रामचन्द्रलाई केही दिएन, केही दिएन भन्ने गुनासो सुनिन्थ्यो अब उहाँलाई हामीले राष्ट्रपति बनाउँदै छौं।’
देउवाले पौडेल आफ्ना पुराना साथी भएपनि केही दिएन भन्ने गुनासो सुनिने गरेको बताएका थिए।
यस्तै, देउवाले प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको प्रशंसा गर्दै उनीहरुको चौडा छाति हुँदा चुनावअघिको गठबन्धन ब्युतिएको बताएका छन्।