Logo

ओखलढुंगा दुर्घटना : घाईतहरुको तत्काल उद्वार गर्न मन्त्री आचार्यको निर्देशन



काठमाडौं, फागुन २१ । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–३ दियालेमा आज बिहान भएको जिप दुर्घटनाका घाईतको तत्काल उद्वारमा लाग्न कोसी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री जीवन आचार्यले निर्देशन दिएका छन् ।

दियालेदेखि ओखलढुंगा सदरमुकामतर्फ आउँदै गरेको जिप आज विहान दुर्घटनामा हुँदा दुई जनाको मृत्यु भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सवारी दुर्घटनाका घाइतेहरूलाई तत्काल हेलिकोप्टरमार्फत उद्धार गर्न निर्देशन दिईसकेका छन् ।

दुर्घटनामा घाइते भएकाहरुबारे विस्तृत विवरण आउन बाँकी छ ।



प्रतिक्रिया दिनुहोस्