काठमाडौं, २१ फागुन । नेपाली कांग्रेस नेतृत्वको ८ दलीय गठबन्धनको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल निवास बालुवाटारमा बसिरहेको छ।
८ दलको बैठकमा राष्ट्रपति निर्वाचन, मन्त्रिपरिषद् विस्तार र प्रधानमन्त्री दाहालको विषयमा चर्चामा रहेका मुद्धाको बारेमा पनि छलफल हुने सचिवालयले जनाएको छ।