काठमाडौं,२२ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा (एकीकृत समाजवादी) का नेता सरोजकुमार उपाध्यायको पार्थिव शरिरमा हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् । उपाध्यायको गत शनिबार काठमाडौंको शंखमुलस्थित एक रेष्टुरेन्टको ६ तला माथिबाट खसेर निधन भएको थियो ।
उनी पूर्व प्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालका सहोदर भाइ हुन् । उनका छोरीहरु विदेशबाट आएपछि आज पार्टी कार्यालय आलोकनगरमा श्रद्धाञ्जली कार्यक्रम राखिएको थियो ।
उपाध्यायप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री प्रचण्ड आलोकनगर पुगेका थिए । उपाध्यायको पार्थिव शरीरलाई आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । Photo Source: Pradeep Raj Onta