काठमाडौं, फागुन २४ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आज तीन खेल हुँदैछन् । आज दशरथ रंगशालामा दुई र एक खेल च्यासल मैदानमा हुनेछ ।
दशरथ रंगशालामा हुने पहिलो खेलमा नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लब भिड्नेछन् । पुलिस र हिमालयनबीचको खेल दिउँसो २ः३० बजे सुुरु हुनेछ ।
पुलिस पहिलो जितको खोजिमा हुनेछ । पहिलो खेलमा पुलिसलाई चर्च ब्वाइजले हराएको थियो । हिमालयन शेर्पा पनि पहिलो जितको योजनामा रहेको छ । पहिलो खेलमा हिमालयनले मनाङ मस्र्याङ्दी क्लबसँग बराबरी खेलेको थियो ।
दशरथ रंगशालामा हुने दोस्रो खेलमा मनाङ र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । मनाङ र संकटाबीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ ।
च्यासल मैदानमा हुने खेलमा एपिएफ क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल दिउँसो २ः३० बजे सुरु हुनेछ ।