Logo

राजेशपायल राईले भने–आउँदा दिनहरुमा ममाथि यस्तै कुनै षड्यन्त्र भयो भने आश्चर्य मान्नुपर्ने छैन



काठमाडौं, २५ फागुन । चर्चित गायक राजेशपायल राईले आफूमाथि लागेको आरोपको खण्डन गरेका छन् । हिजोदेखि गायक राईले आफ्नो छोरा र पत्नीमाथि हिंसा गरेको भन्ने समाचार बाहिरिएपछि राईले मुख खोलेका हुन् । उनले आफूमाथि लागेको आरोपमा गम्भीर आपत्ति जनाएका छन् । उनले उक्त आरोपबारे प्रमाण ल्याए आफ्नो शीर पाउमा राखिदिने पनि घोषणा गरेका छन् । उनले आगामी दिनमा आफूमाथि यस्तै कुनै षड्यन्त्र भए आश्चर्य नमाने हुन्छ भन्दै गम्भीर खुलासा पनि गरेका छन् । राईले आफ्नो छोरामाथि तातोपानी खन्याएको भन्ने आरोप छ । उनकी पत्नीले फेशबुकमा स्टाटस लेखेको कारण उक्त समाचार बाहिरिएको थियो । त्यसको भोलिपल्ट आज (बिहीबार) राईले फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

उनले लेखेका छन्-

गम्भिर आपती ?प्रमाण ल्याउनु भयो भने तपाईंको पाउमा मेरो शिर राखी दिन्छु ||
एउटा Status कै भर मा कसैलाई यती ठुलो गाली गलौज लेख्न मिल्छ ? Thumbnail मा त्यसरी Description दिन मिल्छ ? मेरो ब्यक्तिगत details छाप्न मिल्छ ?? बिना प्रमाण यत्रो मानहानि गर्न मिल्छ ?अनेक अनेक तुच्छ भाषा प्रयोग गर्न मिल्छ,आउनुस् म challenge दिन्छु यदी प्रमाण ल्याउनु भयो भने तपाईंको पाउमा मेरो शिर राखी दिन्छु ?हिजो घटेको घटना रहेछ बच्चालाई hospital लगेको होला,नलेगेनी हिजो खन्याको तातो पानी त पक्कै पानी फोका ऊठ्यो होला रातो दाग होला ! घाऊ होला ,प्रमाण ल्याउनुस् मेरो शिर तपाईंको हातमा राखिन भने म किराती होइन ??यदी मेरो नाम प्रयोग गरेर आफ्नो पत्रकारिता ,यानेकी तपाईंको चुल्हो बल्छ भने त म खुशी नै हुन्छु र अझ प्रार्थनै गर्छु मलाई झन सराप्नुस् तर त्यती गर्दा चै तपाईं को चुल्हो बल्नु पर्छ नी ? अ हिजो को चल्लो आजको के रे ??? र ..मेरो भलो नचिताउने,मेरो क्यारियर समाप्त गराउने गिरोह सक्रिय हुनलागेको हुदा ,आउँदा दिनहरुमा म माथी यस्तै कुनै षड्यन्त्र भयो भने आस्चार्य मान्नु पर्ने छैन ।आसा छ त्यो क्षणमा मलाई मेरा सुभचिन्तक ,साथीभाइ र सन्चारकर्मी ले सत्यको बाटोमा सहयोग गरिदिनु हुनेछ । #सायारे



प्रतिक्रिया दिनुहोस्