Logo

राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मतदान गर्ने रास्वपाको निर्णय



काठमाडौं, २५ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेससहित आठ दलीय गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेलको पक्षमा मतदान गर्ने भएको छ ।

रास्वपाबाट संघीय संसद् १९ जना मतदाता रहेका छन् । रास्वपाको आज बसेको बैठकले पौडेलको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।



प्रतिक्रिया दिनुहोस्