Logo

राष्ट्रपति निर्वाचनमा ८३१ मत खस्यो : पौडेलका प्रतिनिधि लेखक, नेम्वाङका बर्तौला



काठमाडौं, २५ फागुन । राष्ट्रपति निर्वाचनको मतदान सकिएसँगै मतगणनाको तयारी गरिएको छ।

मतगणना अपरान्ह ४ बजेदेखि संघीय संसद् भवन नयाँ बानेश्वरमा गर्ने तयारी भइरहेको निर्वाचन आयोगले जनाएको छ।

राष्ट्रपति निर्वाचनमा राष्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेशसभा सदस्यगरी जम्मा ८३१ मत खसेको निर्वाचन आयोगले जनाएको छ।

यस्तै, मतगणनामा प्रत्येक उम्मेद्‍वारको १/१ जनामात्रै प्रतिनिधि रहनेपनि आयोगले जनाएको छ।

मतगणना प्रतिनिधिका लागि नेपाली कांग्रेसका उम्मेद्‍वार रामचन्द्र पौडेलको प्रतिनिधिकारुपमा प्रमुख सचेतक रमेश लेखक र नेकपा एमालेका उम्मेद्‍वार सुवासचन्द्र नेम्वाङको तर्फबाट सांसद् महेश बर्तौला प्रतिनिधि रहेका छन्।



प्रतिक्रिया दिनुहोस्