Logo

प्रधानमन्त्री दाहाल र बेलायती विदेशराज्यमन्त्रीबीच भेटवार्ता



काठमाडौं, फागुन २६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बेलायतको विदेश, कमनवेल्थ तथा विकास राज्यमन्त्री एन मरी ट्रेभेलियनबीच भेटवार्ता भएको छ ।

विदेशराज्यमन्त्री ट्रेभेलियनले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री दाहाललाई भेटेकी हुन् । भेटमा आपसी हित र द्विपक्षीय सम्बन्धका बारेमा चर्चा भएको काठमाडौंस्थित बेलायती राजदूतावासले जनाएको छ ।

नेपाल–बेलायत मैत्री सन्धि–१९२३ एक सय वर्ष पुगेको उपलक्ष्यमा राज्यमन्त्री ट्रेभेलियनलको नेपाल भ्रमणमा रहेकी छन् ।



प्रतिक्रिया दिनुहोस्