Logo

स्ववियु निर्वाचनका लागि तीन विधार्थी संगठनबीच गठबन्धन



काठमाडौं, २७ फागुन । स्वतन्त्र विधार्थी युनियन(स्ववियु)को निर्वाचनका लागि तीन विधार्थी संगठनले गठबन्धन गरेका छन्।

नेपाली कांग्रसको भातृ संगठन नेपाल विधार्थी संगठन(नेविसंघ), माओवादी केन्द्रको अनेरास्ववियु (क्रान्तिकारी) र एकीकृत समाजवादीको अनेरास्ववियूबीच गठबन्धन गर्ने सहमती भएको हो।

चैत्र ५ गते निर्वाचन हुन गइरहेको त्रिभुवन विश्वविधालय, सुदूरपश्चिम विश्वविधालय र मध्यपश्चिम विश्वविधालय अन्तर्गतका क्याम्पसहरुमा तालमेल गरी जाने सहमती भएको हो।

स्ववियु निर्वाचनका लागि त्रिभुवन विश्वविधालय अन्तर्गतका क्याम्पसहरुमा शनिबार उम्मेदवारी मनोनय गर्ने कार्यतालिका रहेको थियो। सोही अनुरुप काठमाडौं उपत्यका र उपत्यका बाहिरका धेरै जसो क्याम्पसहरुमा तीन ओटै संगठनहरुले उम्मेदवारी दर्ता गरेका छन्।



प्रतिक्रिया दिनुहोस्