Logo

उपेन्द्रलाई संसद्‍ प्रवेशको बाटो खुला



काठमाडौं, २८ फागुन । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई संसद् प्रवेश गर्ने बाटो खुल्ने भएको छ।

उपराष्ट्रपतिमा उम्मेद्‍वारी दर्ता गराएका संसदीय दलका नेता रामसहायप्रसाद यादवविरुद्ध एमाले र जनमत पाटीका सांसद्‍ले दिएको उजुरी निर्वाचन आयोगले आइतबार खारेज गरेसँगै उनको उम्मेद्‍वारी कायम गर्ने निर्णय गरेको छ।

उम्मेद्‍वारी कायमै रहने निर्णय गरेसँगै जसपाका उम्मेद्‍वार यादव उपराष्ट्रपति निर्वाचित हुने सम्भावना बलियो रहेको छ। जसपा १० दलीय सत्ता गठबन्धनमा भएकै कारण सत्ता गठबन्धनका प्रमखु घटक नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी यादवको पक्षमा रहेका छन्।

रामसहाय उपराष्ट्रपतिमा निर्वाचित भए उनले प्रतिनिधिसभाको निर्वाचन जितेको बारा-२ मा उपनिर्वाचन हुने र उपनिर्वाचनबाट पार्टी अध्यक्ष उपेन्द्र चुनाव जितेर संसद् छिर्ने योजनामा रहेका छन्।

यादव गत मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा सप्तरी-२ बाट जनमत पार्टीका अध्यक्ष डा सिके राउतसँग फराकिलो मतान्तरले पराजित भएका थिए।

राउत ३५,०४२ मत ल्याएर विजयी हुँदा यादव १६,९७९ मत ल्याएर पराजित भएका थिए।



प्रतिक्रिया दिनुहोस्