Logo

नेपालको उत्कृष्ट बलिङले पीएनजी संकटमा



काठमाडौं, २९ फागुन । आइसिसी विश्वकप लिग २ अन्तर्गतको खेलमा नेपालको बलिङ पपुवा न्यूगिनीको ब्याटिङमाथि पूर्णरूपमा हावी भएको छ । टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले पीएनजीमाथि सुरूदेखि दबाब बनाएको हो ।

२९ ओभरसम्ममा पीएनजीले ८६ रनमै सात विकेट गुमाएको छ । नेपालका स्पिनर सन्दीप लामिछानेले फेरि एकपटक उत्कृष्ट प्रदर्शन गर्दै पीएनजीका महत्वपूर्ण तीन विकेट लिएका छन् । अर्का स्पिनर ललित राजवंशीले पनि दुई विकेट लिएका छन । त्यस्तै सोमपाल कामी, कुसल मल्लले समान एक एक विकेट लिएका छन् । File Photo



प्रतिक्रिया दिनुहोस्