काठमाडौं, ३० फागुन । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँले ऋण तिर्न सक्नेहरुलाई तिर्नको लागि सल्लाह दिएका छन् । उनलेआफूहरुको आन्दोलन त ऋण तिर्न नसक्नेहरूका लागि भएको स्पष्ट पारेका छन् । सधैं आक्रामक सुनिने प्रसाईँ आज नरम सुनिएका छन् ।
आज (मंगलवार) काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रसाईँले यस्तो बताएका हुन् । उनले आफूले ऋण तिर्नु पर्दैन भनेर नभनेको तर तिर्न नसक्नेहरूका लागि सरकारले ऋण मिनाहा गरिदिनुपर्ने बताएको स्पष्ट पारे । उनले बारम्बार लघुवित्त र सहकारीलाई राज्यले जिम्मा लिनुपर्ने माग गरे । file photo