काठमाडौं, चैत २ । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले आजदेखि दूधको मूल्य बढाएको छ। संस्थानले बिहीबारदेखि लागू हुनेगरी दूधको मूल्य १६ रूपैयाँसम्म बढाएको हो ।
संस्थानकाअनुसार स्टान्डर्ड दूध (निलो प्याकेटमा) प्रतिलिटर ११ रुपैयाँ बढेको छ। प्रतिलिटर ८६ रुपैयाँ रहेकोमा आजदेखि बढेर ९७ रुपैयाँ पुगेको छ।
त्यस्तै गाईको दूधमा प्रतिलिटर १४ रुपैयाँ बढाइएको छ। गाईको दूधको मूल्य प्रतिलिटर ११६ रुपैयाँ पुगेको छ। क्रिमयुक्त दूध (हरियो प्याकेट)को मूल्य प्रतिलिटर १६ रुपैयाँ बढेको छ भने हरियो प्याकेटको दूधको मूल्य प्रतिलिटर १३० रुपैयाँ पुगेको छ। चिया दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढेर ९० रुपैयाँ पुगेको छ।