काठमाडौं, चैत ३। पश्चिमि वायुको प्रभावका कारण अहिले देशका केही भू-भागमा छिटपुट वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन चट्याङ सहित हल्का वर्षा भईरहेको जनाएको छ।
आज दिउँसो पनि देशभर आंशिक देखी सामान्य बदली रहने महाशाखाले जनाएको छ। देशको पहाडी भू-भागका केही स्थानहरू तथा तराई भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गर हावाहुरी सहित क्षणिकरहल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यस्तै आज राति देशभर आंशिक देखी सामान्य बदली रहने छ। पहाडी भू-भागका थोरै स्थानहरुमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको छ।