Logo

बानेश्वरमै छलफलमा जुटे देउवा, दाहाल र नेपाल



काठमाडौं, ३ चैत्र । उपराष्ट्रपतिको निर्वाचनका लागि मतदान गर्न संसद् भवन नयाँ बानेश्वर पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल छलफलमा जुटेका छन्।

उपराष्ट्रतिका लागि मतदान गरिसकेपछि प्रधानमन्त्री दाहाल, सभापति देउवा र अध्यक्ष नेपाल संसद् भवनभित्र रहेको प्रधानमन्त्री कक्षमा छलफल गरिरहेका छन्।

प्रधानमन्त्री दाहालले चैत्र ६ गते लिने भनिएको विश्वासको मत र मन्त्रिपरिषद् विस्तारबारे छलफल भइरहेको दाहाल निकट स्रोतले बताएको छ।



प्रतिक्रिया दिनुहोस्