काठमाडौं, ३ चैत्र । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिने र सरकार बनाउने कुरामा एक ठाउँमा उभिने बताएका छन्।
उपराष्ट्रपति निर्वाचनको मतदानका क्रममा संसद् भवनमा रहेका महामन्त्री थापाले प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिने र सरकार बनाउने कुरामा एक ठाउँमा उभिने बताएका हुन्।
उनले भने, ‘राष्ट्रपति निर्वाचनपश्चात् गठबन्धन छ। अहिले उपराष्ट्रपतिको निर्वाचनमा केही फरक विचार आए। तर, विश्वासको मत दिने बेलामा गठबन्धन एक ठाउँमा आउँछ। सहजतापूर्वक उहाँले विश्वसको मत पाउनुहुन्छ। उपराष्ट्रपति निर्वाचनमा एक उम्मेद्वार बनाउने हाम्रो कोशिष रह्यो तर सरकारलाई विश्वासको मत दिने र सरकार बनाउने कुरामा एक ठाउँमा उभिन्छौं भन्ने सहमतिकै आधारमा फरक-फरक ठाउँमा मत हालिएको हो। यसले सरकारको निरन्तरताको विषयमा केही फरक पार्दैन।’