Logo

उपराष्ट्रपति निर्वाचनको मतगणना सुरु



काठमाडौं, ३ चैत्र । उपराष्ट्रपति निर्वाचनको मतगणना सुरु  भएको छ । मतगणना नयाँ बानेश्वरस्थित संसद् भवनमा हुनेछ । बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म चलेको थियो । मतगणनापछि शुक्रबार नै उपराष्ट्रपति निर्वाचनको प्रमाणपत्र प्रदान गरिने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

मतदानमा ३११ सङ्घीय सांसद र ५१८ प्रदेशसभा सदस्य गरी ८२९ जनाले मतदान गरे । संघीय संसदका ३३४ जनामध्ये ३११ जनाले मतदान गरेका छन् । प्रदेशसभाका ५५० जनामध्ये ५१८ जनाले मतदान गरेका छन् । उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसदका २१ जना अनुपस्थित भएका थिए ।

चुनावी मैदानमा अष्टलक्ष्मी शाक्य, रामसहाय प्रसाद यादव र ममता झा प्रतिस्पर्धामा रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्