Logo

उपराष्ट्रपति निर्वाचन : ८२९ मत खस्यो, साढे ३ बजेबाट मतगणना



काठमाडौं, ३ चैत्र । उपराष्ट्रपतिको निर्वाचन सकिएको छ। नयाँ बानेश्वरस्थित संघीय संसद्‍ भवनमा आज भएको मतदान प्रक्रिया सकिएको हो।

मतदानमा ८२९ जना सदस्यहरु सहभागी भएको र संघीय संसद्‍तर्फ ३११ र प्रदेश सभातर्फ ५१८ मत खसेको निर्वाचन आयोगले जनाएको छ।

राप्रपाका १४ र नेपाल मजदुर किसान पार्टीका १ सांसद् मतदानमा सहभागी भएनन् । यस्तै, राष्ट्रपति रामचन्द्र पौडेल, एमालेका लक्ष्मी महतो, कांग्रेसका चन्द्र भण्डारी, माओवादी केन्द्रका वर्षमान पुन अनुपस्थित रहदाँ जसपाकी सांसद सहनाज रहमानको मृत्यु भएको छ।

यस्तै, मतगणना आजै साढे ३ बजेबाट सुरु गरेर आजै मतपरिणाम सार्वजनिक गरिने आयोगले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्