Logo

संघीयताको पक्षधर प्रचण्ड र उपेन्द्र मात्रै हुन्– मुख्यमन्त्री यादव



काठमाडौं, ४ चैत्र । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपालमा संघीयताको पक्षधर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘पचण्ड’ र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवमात्रै भएको बताएका छन् ।

हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले माओवादी र जसपा बाहेका दलले संघीयताको पक्षमा काम नगरेको आरोप लगाएका हुन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा संघीयताको पक्षमा कुनै काम नभएको उनले बताए ।

‘यो देशमा दुई वटा नेता छन्, प्रचण्ड र उपेन्द्र यादव संघीयताको पक्षधर हो । संघीयता फुलफेजमा गएपछि नेपाली जनतालाई फाइदा हुन्छ । यो बुझाई नभएरमात्रै हो । संघीयता हाम्रो देशमा आवश्यकता छ,’– उनले भने ।
संघीयता जनताको आन्दोलनबाट आएको दाबी गर्दै उनले मधेश प्रदेश रहेसम्म संघीयता खारेज हुननसक्ने उनले बताए । संघीयता मधेश प्रदेशका जनतालाई सबैभन्दा बढी आवश्यक रहेको उनले बताए ।

‘संघीता खारेज नै हुँदैन । जनताले त संघीयता ल्याएको संघीयता विरोधी आन्दोलन हुँदैन । मधेश प्रदेश जबसम्म रहन्छ, संघीयता खारेज हुँदैन । मधेश प्रदेशका जनतालाई संघीयता चाहियो । संघीयता रहिरहन्छ,’– उनले भने ।

मधेश प्रदेशमा एमालेले समर्थन फिर्ता नलिने उनले बताए । एमाले सरकारबाट बाहिरिएको खण्डमा आफू विश्वासको मत लिन तयार रहेको उनले बताए आफू स्टन्ड भन्दा पनि काममा विश्वास गर्ने उनले बताए । आफ्नो ध्यान सधैं जनताको हितका पक्षमा भइरहेको उनले बताए । मधेशमा भएका अन्याय र भ्रष्टाचारको अन्त्यका लागि आफू निरन्तर लागिरहेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्