काठमाडौं, ५ चैत्र । नेकपा (एकीकृत समाजवादी)ले धनश्याम भुसाललाई महासचिव बनाउने निर्णय गरेको छ।
पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा आइतबार बसेको सचिवालय बैठकले धनश्यामलाई पार्टीको महासचिवमा मनोनित गर्ने निर्णय गरेको हो।
यस्तै, हालका महासचिव बेदुराम भुसाललाई उपाध्यक्ष बनाउने निर्णय गरेको छ।