काठमाडौं, ५ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन नेपाली कांग्रेसले ‘ह्वीप’ जारी गरेको छ।
आइतबार संघीय संसद् भवनको ल्होत्से हलमा बसेको कांग्रेस संसदीय दलको बैठकले आफ्ना सांसदहरुलाई प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन ह्वीप जारी गरेको हो।
कांग्रेसको आज बसेको केन्द्रीय कार्यसम्पादन बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय गरेको थियो।
यस्तै, आजैदेखि संसद् बैठकमा सत्तापक्षको बेन्चमा बस्ने निर्णय गरिएको उनले बताए।