Logo

ओलीलाई दुई पटक प्रधानमन्त्री बनाएको भन्दै प्रचण्डले भने, ‘ऋण तिर्नुपर्ने थियो तिर्नुभयो, एउटा अझै बाँकी छ हिसाब राख्नुस्’



काठमाडौं, ६ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई आफूले दुई पटक प्रधानमन्त्री बनाएको भन्दै र ओलीले एक पटक प्रधानमन्त्री बनाएको र अर्को एक ऋण तिर्न अझै बाँकी रहेको बताएका छन्।

प्रतिनिधि सभाको बैठकमा विश्वासको मतमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले आफूले ओलीलाई दुई पटक प्रधानमन्त्री बनाएको र ओलीले एक पटक मात्र बनाएको भन्दै अझ एक ऋण तिर्न बाँकी रहेको बताएका छन्।

उनले भने, ‘मैले तपाईंलाई दुईचोटी प्रधानमन्त्री बनाएको थिएँ। तपाईंले मलाई ब्याज दिनुपर्ने थियो, ऋण तिर्नुपर्ने थियो। तपाईंले तिर्नुभयो। एउटा त तिर्नुभयो अझै एउटा बाँकी छ हिसाब राख्नुस्।’



प्रतिक्रिया दिनुहोस्