काठमाडौं, १० चैत्र । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालपनि संसद् छिर्ने दाउमा लागेका छन् । उनले आफ्नो पार्टीले तीन वटा मन्त्रालय पाउनुपर्ने र बैशाख १० गते हुने उपनिर्वाचनमा एक क्षेत्र पाउनुपर्ने दाबी गरेका हुन् ।
उनले आज (शुक्रबार) पाँचथर पुगेर सरकार गठन र आसन्न उपनिर्वाचनमा एक सिट दिने सहमति नभए पार्टी सरकारमा नजाने अडान सार्वजनिक गरेका छन् । नेता खनाल इलाम–१ बाट पराजित भएका हुन् ।
उनी उपनिर्वाचनमार्फत संसद्मा छिर्ने दाउमा रहेको र त्यसको लागि उपनिर्वाचन हुने तीन क्षेत्रहरु चितवन–२, बारा–२ र तनहुँ–१ मध्ये एक क्षेत्रमा चुनाव लड्न चाहन्छन् ।
सत्ता गठबन्धनको साझा उम्मेदवार भए सजिलै चुनाव जित्न सकिने खनालको बुझाई रहेको चर्चा छ । यद्धपी उनले आफू अन्य क्षेत्रमा गएर चुनाव लड्ने वा नलड्ने भन्नेबारे केही खुलाएका छैनन् । नेकपा (एकीकृत समाजवादी) ले प्रदेशको मुख्यमन्त्रीमा पनि दाबी गरेको छ । file photo/ReportersNepal