Logo

मन्त्रीहरुलाई आफ्नो कार्यालयमा बोलाए प्रधानमन्त्री दाहालले



काठमाडौं, १० चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीहरुलाई तत्काल आफ्नो कार्यालयमा आउन निर्देशन दिएका छन्।

प्रधानमन्त्री दाहालले तत्काल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आउन मन्त्रिपरिषद्‍मा रहेका मन्त्रीहरुलाई निर्देशन दिएका हुन्।

प्रधानमन्त्री दाहालले नयाँ आइजीपीको टुङ्गो लगाउन मन्त्रिपरिषद्‍को बैठक बस्ने समय ४ बजे अगाडि नै मन्त्रीहरुलाई आफ्नो कार्यालयमा बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्