काठमाडौं १३ चैत । कोशी प्रदेश सरकारले गत चैत ५ गते कोशी प्रदेशको नामाकरणको विरोधमा बिराटनगरमा भएको आन्दोलनमा घाइते भई चैत १० गते मृत्यु भएका पदमबहादुर लिम्बू लाजेहाङको परिवारलाई तत्कालका लागि तीन लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।
आज बसेको प्रदेश मन्त्रीपरिषदको बैठकले उक्त निर्णय गरेको हो । बैठकले मृतकप्रती श्रदाञ्जली एवं परिवारजनमा गहिरो दुःख एवम समवेदना प्रकट गरी प्रदेश सरकारको तर्फबाट तत्काल राहत स्वरुप मृतकका परिवारलाई रु तीन लाख उपलब्ध गराउने र यस सम्बन्धमा नेपाल सरकारद्वारा गठित छानवीन समितिलाई सहजीकरण गर्ने निर्णय भएको छ ।