काठमाडौं, १३ चैत्र । जनमत पार्टीका अध्यक्ष सीके राउत मिटरब्याज पीडितहरुको पक्षमा उभिएका छन् ।
उनले पीडितहरुसमस्या समाधानका लागि सरकारले अविलमब काम थाल्नुपर्ने बताएका छन् ।
उनी आज (सोमबार) दिउँसो महोत्तरीको बर्दिबासबाट ११ दिन हिँडेर काठमाडौं आइपुगेका पीडितहरुलाई भेट्न मातातीर्थमा पुगेका बेला यस्तो बताएका हुन् ।
उनले पीडितहरुले उठाएका आवाज सुन्नको लागि सरकारले पहल लिनुपर्ने धारणा राखेका थिए ।
उनले सो क्रममा आफ्नो दलले पीडितहरुको पक्षमा गरेको आन्दोलनको पनि स्मरण गराएका थिए ।
उनले यदि सरकारले समस्या समाधान नगरे आफ्नो पार्टी आन्दोलनमा उत्रिने उद्घोष गरेका छन् ।