Logo

ज्ञानेन्द्र शाहीविरुद्ध मिटरब्याज पीडितको नाराबाजी



काठमाडौं १४ चैत । मिटरब्याज पीडितहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउन माइतीघरमा पुगेका राप्रपाका संसदीय दलका प्रमुख सचेतक एवं सांसद ज्ञानेन्द्र शाहीविरुद्ध उल्टै मिटरब्याज पीडितहरुले नाराबाजी गरेका छन् ।

सांसद शाही राजावादी र सामान्तवादी रहेको भन्दै मिटर ब्याजी पीडितहरुले उनीविरुद्ध नाराबाजी गरेका हुन् ।आफूहरुको नागरिक आन्दोलन गरेको भन्दै उनीहरुले राजावादी र सामान्तवादीको समर्थन र ऐक्यबद्धता नचाहिने बताए ।

सांसद शाहीले भने आफू जनप्रतिनिधि भएको कारण यो आन्दोदनमा ऐक्यबद्धता जनाउन आएको बताए ।



प्रतिक्रिया दिनुहोस्