काठमाडौं, १४ चैत्र । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्रीबाट छोड्दाको बखत रहेको देश प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खुम्च्याएको आरोप लगाएका छन्।
मंगलबार पाल्पामा ग्रासरुट मिशन अभियान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफू प्रधानमन्त्रीबाट छोड्दाको बखत रहेको देश प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाले खुम्च्याएको आरोप लगाएका हुन्।
‘देशको भूगोल अलिकति सानो भयो। म प्रधानमन्त्रीबाट छोड्दा जत्रो देश थियो, त्यो देश प्रचण्ड शेरबहादुरहरूले अलिकति खुम्च्याए। आफ्नो भू-भाग नदेखेझैँ गरे। कस्तो दलाली, कस्तो चाकडी होला। सरकारमा छन् र देश मिचिएको देख्दैनन्। देशको रक्षा गर्ने कर्तब्य हो नि। तर खोइ मैले त देखिनँ भन्छन्,’ उनले भने।
(तस्बिर क्यापसन : मंगलबार स्याङ्जा, पाल्पा र गुल्मीलाई जोड्ने त्रिकोणात्मक पुलबाट तीनवटै जिल्लाका बारेमा श्रीमती राधिका शाक्यलाई जानकारी गराउँदै अध्यक्ष ओली। फेसबुक पेज बालकोटबाट)