Logo

उपप्रधानमन्त्री नारायणकाजीको गृहमा सरुवा, एकीकृत समाजवादीलाई भौतिक



काठमाडौं, १५ चैत्र । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको मन्त्रालय हेरफेर हुने भएको छ।

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका मन्त्री श्रेष्ठ प्रधानमन्त्री पुष्पकमल दाहालको चाहनाअनुरुप गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्न तयार भएका हुन्।

सत्तारुढ गठबन्धनको भागबण्डाअनुसार एकीकृत समाजवादीको भागमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय परेपछि मन्त्री श्रेष्ठले गृहमन्त्रीको जिम्मेवारी सम्हाल्ने निश्चित भएको हो।

वर्तमान भौतिक मन्त्रीको जिम्मेवारी सम्हालिरहेका श्रेष्ठको मन्त्रालय हेरफेर भएर गृहमन्त्रालयको जिम्मेवारी सम्हाल्ने कुरा गत आइतबार नै रिपोर्टर्स नेपाल डटकमले खुलासा गरेको थियो।



प्रतिक्रिया दिनुहोस्