Logo

गठबन्धनमा मिल्यो भागबण्डा, भोलि मन्त्रिपरिषद् विस्तार



काठमाडौं, १५ चैत्र । नेपाली कांग्रेस नेतृत्वको १० दलीय सत्ता गठबन्धनले मन्त्रिपरिषद् विस्तारको भागबण्डामा टुङ्गो लगाएको छ।

बुधबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले बिहीबार मन्त्रिपरिषद् विस्तार गर्नेगरी भागबण्डामा सहमति जुटाएको हो।

बुधबारको सहमती अनुसार नेपाली कांग्रेसलाई ८, माओवादीलाई प्रधानमन्त्रीसहित ५, एकीकृत समाजवादी र जसपालाई समान २/२, जनमतलाई १ मन्त्री र १ राज्यमन्त्री, लोसपा, नाउपा, आजपा र नेसपालाई १/१ मन्त्रालय दिने सहमति भएको हो।



प्रतिक्रिया दिनुहोस्