Logo

कांग्रेसले टुङ्गयायो मन्त्रीको नाम, कुन मन्त्रालयमा को मन्त्री ?



काठमाडौं, १६ चैत्र । नेपाली कांग्रेसले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुङ्ग्याएको छ।

कांग्रेसले उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा ८ जना सांसद्‍लाई मन्त्रालयमा पठाउने भएको छ।

कांग्रेसबाट उपसभापति खड्का र रमेश रिजालमध्ये एक जनाले परराष्ट्र र एक जनाले रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन्।

यस्तै अर्का उपसभापति धनराज गुरुङ् सामान्य प्रशासन, एनपी साउँद शहरी विकास, सिता गुरुङ् भूमि ब्यवस्था, डिग बहादुर लिम्बू कानून, प्रकाश शरण महत अर्थ र मोहन बहादुर बस्नेत स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका हुन्।

बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कांग्रेसबाट मन्त्रीको नाम टुङ्गो लगाउने जिम्मेवारी सभापति शेरबहादुर देउवालाई दिएका थिए।



प्रतिक्रिया दिनुहोस्