Logo

मन्त्रिपरिषद् विस्तार भोलि, दिउँसो ३ बजे सपथग्रहण हुने



काठमाडौं, १६ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गर्ने अन्तिम तयारी गरेका छन् । आज सत्ता गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुसँग छलफलमा बसेका प्रधानमन्त्री दाहालले भोलि दिउँसो १ बजेसम्म मन्त्रिपरिषद् विस्तार गरिसक्ने भएका छन् ।

प्रधानमन्त्रीनिकट उच्च स्रोतका अनुसार भोलि नियुक्त हुने मन्त्रीहरुको सपथ दिउँसो ३ बजेको लागि तय गरिएको छ। कांग्रेसबाट ८ जना मन्त्री हुँदैछन् ।

त्यस्तै, माओवादी केन्द्रबाट पाँच जना, जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) बाट दुई दुई जना, नेपाल समाजवादी पार्टीबाट एक, आम जनता पार्टीबाट एक, नागरिक उन्मुक्ति पार्टीबाट एक, लोकतान्त्रिक समाजवादी पार्टीबाट एक र जनमत पार्टीबाट एक जना मन्त्री हुने बताईएको छ । मन्त्रालयपनि कुन दलले कुन पाउने भन्ने विषय आजै टुँगिएको बताईएको छ । file photo/ReportersNepal

कांग्रेसले टुङ्गयायो मन्त्रीको नाम, कुन मन्त्रालयमा को मन्त्री ?



प्रतिक्रिया दिनुहोस्