Logo

शितलनिवासमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ



काठमाडौं, १७ चैत्र । नवनियुक्त मन्त्रीहरुले लिए शपथ लिएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ गठबन्धनमा मन्त्रालयको भागबण्डा टुङ्ग्याएपछि शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति कार्यालय शितल निवासमा प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ खुवाएका हुन्।

प्रधानमन्त्री दाहालले कांग्रेसबाट ४, एकीकृत समाजवादीबाट २, माओवादी र जसपाबाट १/१ जनालाई मन्त्री नियुक्त गरेका हुन्।

नवनियुक्त मन्त्रीहुनेमा सत्ता गठबन्धनको प्रमुख घटक कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री भएका छन् भने डा. प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङ शहरी विकासमन्त्री भएकी छन्।

एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसाल कृषि तथा पशुपक्षी विकास र उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री नियुक्त भएका छन्।

यस्तै, जनता समाजवादी पार्टी (जसपा)को सिफारिसमा अशोक राई शिक्षा विज्ञान तथा प्रविधिमन्त्री भएका छन्।

माओवादी केन्द्रबाट उपमहासचिव शक्ति बस्नेत ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बनेका छन्।

नाउपाबाट अध्यक्ष रन्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री, लोसपाबाट शरद सिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका हुन्।

यस्तै, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको मन्त्रालय फेरिएको छ। उनी भौतिक पूर्वाधारबाट गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ।



प्रतिक्रिया दिनुहोस्