Logo

रिपोर्टर्स क्लब नेपालको रजत महोत्सवमा प्रधानमन्त्री दाहालद्वारा विभिन्न व्यक्तित्वहरु सम्मानित (फोटोफिचर)



काठमाडौं, १७ चैत्र । रिपोर्टर्स क्लब नेपालले विभिन्न व्यक्तिव्यहरुलाई सम्मान गरेको छ । क्लबले आफ्नो २५औं वार्षिकोत्सव (रजत महोत्सव) को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहालको हातबाट सम्मान गराएको हो ।

क्लबले राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ पनि सम्मानित भएका छन् । नेपालको बैंकिङ्क र आर्थिक क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएका श्रेष्ठलाई मुलुकको आर्थिक क्षेत्रलाई सक्षम र उन्नत बनाउन महत्वपूर्ण योगदान पु¥याएको भन्दै सम्मान गरिएको हो ।

त्यसैगरी, एलआईसी(नेपाल) लिमिटेडका निर्देशक एवं प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद दासलाई पनि क्लबले सम्मान गरेको छ । नेपालको विमा र आर्थिक क्षेत्रमार्फत मुलुकको आर्थिक क्षेत्रलाई सक्षम र समुन्नत बनाउन महत्वपूर्ण योगदान पुर्याएको भन्दै क्लबले उनलाई सम्मान गरेको हो ।
बिमा ब्यवसायमा भएका बेथिति र बिसंगतिहरुलाई हटाउन र बिमा निर्देशिका संसोधन गर्न निर्वाह गरेको भूमिकाकोसमेत क्लबले स्मरण गर्दै प्रमुख कार्यकारी अधिकृत दासलाई क्लबको रजत महोत्सव २०७९ को अवसरमा विशेष सम्मानुसहित अभिनन्दन गरिएको हो ।

त्यस्तै, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष कूल आचार्य सम्मानित भएका छन् । मातृ भूमीप्रतिको मायाले ओतप्रोत भई विदेशमा बसेका नेपालीहरुको समस्या समाधानसँगै नेपालमा लगानी भित्र्याउन उनले खेलेको महत्वपूर्ण भूमिकाको स्मरण गर्दै क्लबले आफ्नो २५औं वार्षिकोत्सवमा सम्मान गरेको हो ।

नेपालको तरल अवस्थामा रहेको अर्थतन्त्रलाई सवलीकरण गर्दै विकासको प्रक्रिया अगाडि बढाउन गैरआवासीय नेपाली संघकोे योगदान प्रशंसनीय रहेको क्लबको ठहर छ ।

त्यसैगरी, रिपोर्टर्स क्लब नेपालका पूर्व उपाध्यक्ष दीपक बोहरा सम्मानित भएका छन् । मुलुकको सञ्चारक्षेत्रको प्रतिनिधिमुलक संस्था रिपोर्टर्स क्लब नेपालको उपाध्यक्ष जस्तो गरिमामय पदमा रहेर पत्रकारिताको विकास र सम्बद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै उनलाई सम्मान गरिएको हो ।

पत्रकारितासँगै राजनीतिमार्फत मुलुकको पत्रकारिता र विकासमा उनको योगदान महत्वपूर्ण रहेको क्लबको ठहर छ । बोहराको उक्त सम्मानपत्र भने रास्वपाका सांसद गणेश प्रसाद पराजुलीले ग्रहण गरेका थिए ।

त्यसैगरी, कान्तिपुरकर्मी रश्मिला प्रजापतिलाई क्लबले सम्मान गरेको छ । साढे दुई दशकभन्दा लामो समयदेखि नेपाली पत्रकारिताको विकास र प्रर्वद्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनलाई सम्मान गरिएको हो । प्रजापति नागरिकको सूचनाको अधिकारलाई स्थापित गराउन पत्रकारिता क्षेत्रमा निरन्तर समर्पित छिन् ।

त्यसैरी रिलायवल ग्रुप अफ कम्पनिजका सञ्चालक अशोक साह सम्मानित भएका छन् । नेपालको आर्थिक र ब्यवसायीक क्षेत्रलाई सवलीकरणतर्फ लैजान महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै उनलाई सम्मान गरिएको हो ।

अर्थतन्त्र तरल अवस्थामा रहेको बेलामा राष्ट्रिय अर्थतन्त्रलाई टेवा पु¥याउनेगरि उनले पुर्याएको योगदान महत्वपूर्ण रहेको क्लबले जनाएको छ ।
त्यस्तै, मिडिया व्यवसायी हरिशरण सुवेदी सम्मानित भएका छन् । उनी नेपालको टेलिभिजन विज्ञापन बजारमा विगत अढाई दशकदेखि अनवरत रुपमा क्रियाशील छन् ।

टेलिभिजन उद्योगको श्रीबृद्धिमा अतूलनीय योगदान दिई टेलिभिजन विज्ञापन बजारको संस्थागत विकासलाई थप उँचाईमा पु¥याएको स्मरण गर्दै क्लबले उनलाई सम्मान गरेको हो ।

त्यसैगरी, पत्रकार एवं शिक्षासेवी रामहरी सिलवाल सम्मानित भएका छन् । नेपालको शिक्षा क्षेत्रमा आधुनिकीकरण र विकासमा महत्वपूर्ण उनले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।

शिक्षा क्षेत्र र पत्रकारिता क्षेत्रमार्फत् मुलुकको शिक्षा प्रणाली र पत्रकारितालाई व्यवसायिक बनाउन महत्वपूर्ण योगदान दिएको स्मरण गर्दै क्लबले सिलवाललाई सम्मान गरेको हो ।

त्यसैगरी, हेराल्ड इन्टरनेशनल कलेजका निर्देशक अशोक पाण्डे सम्मानित भएका छन् । नेपालको शिक्षा क्षेत्रको आधुनिकीकरण र विकासमा पाण्डेले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । शिक्षा क्षेत्रमार्फत मुलुकको शिक्षा प्रणालीलाई उन्नत बनाउन महत्वपूर्ण योगदान दिएको भन्दै उनलाई क्लबले सम्मान गरेको हो ।

त्यस्तै, मिडिया व्यवसायी रेशमप्रसाद बगाले सम्मानित भएका छन् । उनी नेपाली विज्ञापन बजारमा विगत लामो समयदेखि अनवरत रुपमा क्रियाशील रहँदै आएका छन् । विज्ञापन उद्योगको श्रीबृद्धिमा अतूलनीय योगदान पु¥याई विज्ञापन बजारको संस्थागत विकासलाई थप उँचाईमा पु¥याएको ठहर गर्दै क्लबले उनलाई सम्मान गरेको हो ।

त्यसैगरी, मिडिया व्यवसायी प्रमोद सुवेदी सम्मानित भएका छन् । उनी नेपाली विज्ञापन बजारमा विगत लामो समयदेखि अनवरत रुपमा क्रियाशील रहँदै आएका छन् । विज्ञापन उद्योगको श्रीबृद्धिमा अतूलनीय योगदान पु¥याएको र विज्ञापन बजारको संस्थागत विकासलाई थप उँचाईमा पु¥याउन महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै क्लबले उनलाई सम्मान गरेको हो ।

त्यसैगरी, एपहरु प्रा.लि का अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत टुरुप संग्रौला सम्मानित भएका छन् । उनले नेपालको सूचना प्रविधि क्षेत्रको आधुनिकीकरण र विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।

सूचना प्रविधि क्षेत्रमार्फत् मुलुकको विकासमा महत्वपूर्ण योगदान पु¥याएको र आफ्नो क्षेत्रमा सदैव समर्पित रहेको स्मरण गर्दै क्लबले उनलाई सम्मान गरेको हो ।

त्यसैगरी, समाजसेवी सरिता बिक (सरु) सम्मानित भएकी छिन् । उनले नेपालको सामाजिक क्षेत्रमा क्रियाशील रहेर विगत लामो समयदेखि लैङ्गिक समानता र दलित मुक्ति आन्दोलन योगदान पुर्याउँदै आएकी छन् । समाजसेवाको क्षेत्रमा सदैव समर्पित रही उनले पुर्याएको योगदानको उच्च कदर गर्दै क्लबले उनलाई सम्मान गरेको हो ।

यूवा ब्यवसायी ईन्जिनियर अनिल धमला सम्मानित भएका छन् । उनी ईन्जिनियरिङ्ग व्यवसायको क्षेत्रमा क्रियाशील छन् । ईन्जिनियरिङ्ग क्षेत्रमा सम्भावना बोकका यूवा ब्यवसायी एवम् प्राविधिकको धमलालाई उनको क्रियाशिलता र योगदानको उच्च मुल्यांकन गर्दै सम्मान गरिएको हो ।

त्यसैगरी, समाजसेवी उर्मिला (निता) रावल सम्मानित भएकी छन् । उनले नेपालको सामाजिक क्षेत्रमा क्रियाशील रहेर विगत लामो समयदेखि समाजसेवाको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएकी छन् ।

समाजसेवाको क्षेत्रमा सदैव समर्पित रही उनले पु¥याएको योगदानको उच्च कदर गर्दै रिपोर्टर्स क्लब नेपालले रजत महोत्सव २०७९ को अवसरमा उनलाई सम्मान गरेको हो ।

त्यसैगरी, समाजसेवी शोषित (अकेला) बानिया सम्मानित भएका छन् । उनले नेपालको सामाजिक क्षेत्रमा क्रियाशिल रहेर विगत लामो समयदेखि समाजसेवाको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका छन् । समाजसेवाको क्षेत्रमा सदैव समर्पित रही उनले पु¥याएको योगदानको उच्च कदर गर्दै रिपोर्टर्स क्लब नेपालले रजत महोत्सवको अवसरमा सम्मान गरेको हो ।

त्यसैगरी रिपोर्टर्स क्लबका प्रतिनिधिहरु अरुण कार्की र विमल थापा सम्मानित भएका छन् । रिपोर्टर्स क्लबमा रहेर नेपाली पत्रकारिता र सञ्चार जगतको श्रीवृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको स्मरण गर्दै क्लबले २५औं वार्षिकोत्सवको अवसरमा उनीहरुलाई सम्मान गरेको हो ।



प्रतिक्रिया दिनुहोस्