Logo

तनहुँ–१ मा एमालेबाट पूर्व आईजिपी खनाल उम्मेदवार हुने, किसान श्रेष्ठले पनि सहयोग गर्ने अपेक्षा



काठमाडौं, १८ चैत्र । आगामी बैशाख १० गते हुने तनहुँ–१ को उपनिर्वाचनको लागि एमालेले केही बेरमा उम्मेदवार तय गर्ने भएको छ । तर, एमालेनिकट उच्च स्रोतकाअनुसार सो क्षेत्रमा सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने तयारी भैसकेको छ । अध्यक्ष केपी शर्मा ओलीले नै खनाललाई टिकट दिने वचन दिएका छन् ।

खनाललाई उम्मेदवार बनाईए जित निकाल्न सकिने एमाले तनहुँ जिल्ला कमिटीका नेताहरूको बुझाई छ । खनाल तनहुँ भानु नगरपालिकाका स्थायी बासिन्दा हुन् । उक्त नगरपालिका तनहुँ क्षेत्र नम्बर १ मै पर्छ । यसअघि ०७९ मंसिर ४ गते सम्पन्न निर्वाचनमा भने उनी काठमाडौं–६ बाट उम्मेदवार बनेका थिए । तनहुँ–१ मा कांग्रेसबाट अलग भएर रास्वपामा सहभागी भएका डा. स्वर्णिम वाग्ले उम्मेदवार बन्दैछन् ।

कांग्रेसले भने गोविन्द भट्टराईलाई अघि सार्ने भएको छ । खनाललाई एमाले छाडेर नेकपा (एकीकृत समाजवादी) मा गएका किसान श्रेष्ठको पनि साथ रहने एमालेको आँकलन छ । खनाल र श्रेष्ठबीच सुमधुर सम्बन्ध छ ।



प्रतिक्रिया दिनुहोस्